Luke 8:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरका कुरा सुन्ने र मान्नेहरू नै मेरी आमा र मेरा भाइहरू हुन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्वरको वचन सुन्छन्, र त्यो पालन गर्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”
Nepali Tamang 2011
“च्यागो, जुन म्हिसे परमेश्वरला बचन ङ्यान्सी परमेश्वरसे कुल्बा ताम ङ्यान्ना थेनोन ङाला आमादेन आलेगदे हिन्ना” भिसी येशूसे थेनीगदे जम्मादान सुङ्जी।