Luke 8:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्न लागे, “गुरुज्यू, हे गुरुज्यू, हामीहरू त मर्न आँटिसक्यौं।” यो सुनेर येशू उठ्नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्यति नै खेर आँधीबेहरी थामियो र सबै शान्त भइहाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्यूँझाए, “गुरुज्यू, गुरुज्यू, हामी डुब्न लाग्यौं।” उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्त भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।
Nepali ERV (पवित्र बाइबल)
चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।
Nepali Tamang 2011
जमाहेन्से चेलागदे येशूला ङामरी खसी येशूदा छिङ्बान, “गुरु, य्हाङ सिबारी छ्याइजी” भिसी भिजी। चेलागदेला चुह्रङ्बा ताम थेःसी येशू स्हेङ्सी लाबालुङसरदा बङ्जी। बङ्मैछ्याम लाबालुङसर म्हासी शान्त तजी।