Luke 8:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, “खै, तिमीहरूको विश्वास?” तिनीहरू छक्कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्दा रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, “यिनी को हुन्? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन्, अनि तिनीहरू यिनको आज्ञा मान्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास खोइ?” डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।”
Nepali ERV (पवित्र बाइबल)
उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ? चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “खाइ, एनीगदेला विश्वास” भिसी सुङ्मा, थेनीगदे लोङ्सी उदेक म्हन्बान ह्राङ ह्राङ न्हङरी “चु खाल? लाबालुङसरसेनोन थेसे कुल्बा ताम ङ्यान्बा चीम” भिसी ताम लजी।