Luke 8:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाउबाट ओर्लंदा त्‍यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्‍न आयो। त्‍यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्‍यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्‍ने गर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्‌नुभयो, जसलाई भूत लागेको थियो। त्‍यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्‍नेगर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।
Nepali Tamang 2011
येशू दोँगाग्‍याम फप्‍मैछ्‌याम थे शहररी मुबा म्‍हङसे स्‍याप्‍बा म्‍हि गिक येशूदा स्‍याप्‍बारी खजी। थे क्‍वान आक्‍वान्‍नान भ्रबा ल्‍हानान तसी जिन्‍बा मुबा। ओच्‍छे थे दिमरी आचिना धुर्सारीक्‍यार चिबा मुबा।