Luke 8:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई देखेर ऊ जोडले चिच्‍च्‍यायो र उहाँको अगाडि घोप्‍टो पर्दै भन्‍यो, “हे येशू, महान् परमेश्‍वरका पुत्र, तपाईं मलाई के गर्न लाग्‍नुभएको? बिन्‍ती छ, मलाई दु:ख नदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले येशूलाई देख्‍यो, र चिच्‍च्‍याएर उहाँको सामु घोप्‍टो परी उच्‍च सोरले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्‍ती गर्दछु, मलाई नसताउनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्‍यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
Nepali Tamang 2011
थेसे येशूदा म्राङ्मैछ्‍याम क्रिङ्बान येशूला ङाच्‍छापट्टि ख्‍लुप तसी, “जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वरला झा येशू ह्राङसे ङादा तिग लबा सेम मुला? ङादा दुख थापिन्‍गो” भिसी बिन्‍ती लजी।