Luke 8:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमी आफ्नै घरमा जाऊ र परमेश्वरले तिम्रो लागि के गर्नुभयो, त्यो कुरा अरूहरूलाई सुनाऊ।” येशूले आफ्नो लागि गर्नुभएको कामको बारेमा त्यो मानिसले सहरभरि सुनाउँदै हिँड्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमी आफ्नो घर फर्क, र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।” तब त्यो गयो, र येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमी आफ्नै घरमा फर्क। परमेश्वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
“घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।” त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्यो।
Nepali Tamang 2011
“ए ह्राङला दिमरी निउ ओच्छे परमेश्वरसे एला लागिरी खाह्रङ्बा गे लबा मुला, थे ताम जम्मादान थेःना लउ” भिसी सुङ्जी। जमाहेन्से थे म्हि निसी येशूसे ह्राङला लागिरी लबा गेला बारेरी शहरला जम्मान ग्लारी थेःना लबान भ्रजी।