Luke 8:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उनकी एकमात्र बाह्र वर्षकी छोरी मर्न लागेकी थिई। तिनको बिन्ती सुनेर येशू तिनीसँग जान लाग्नुभयो। येशू जान लाग्नुभएको देखेर मानिसहरू चारैतिरबाट खचाखच गरी ओइरन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई। येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई। येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई। जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।
Nepali Tamang 2011
तिग्दा भिसम थेला गिक जेन मुबा च्युक न्ही दिङला झामे सिबारीन छ्याइबा मुबा। जमाहेन्से येशू फेप्बान लबा धुइरी म्हिगदेसे तोर हुइ मार हुइ लबारी छ्याइजी।