Luke 8:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले सोध्‍नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्‍यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्‍तै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्‍कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्‍यू, भीड़ले तपाईंलाई घेरेर ठेल्‍दैछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?” सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे “ङादा खाल्‍से थुर्जी” भिसी सुङ्मा, जम्‍मासेन “ङाइ थुर्बा आहिन” भिसी भिजी। तर पत्रुससे चा “गुरु, ह्राङदा म्‍हिगदेसे तोर हुइ मार हुइ लबान मुला” भिसी भिजी।