Luke 8:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याइरसको घर पुगेर येशूले पत्रुस, याकूब, यूहन्ना र केटीका आमा-बुबालाई बाहेक अरू कसैलाई पनि भित्र पस्न दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।
Nepali Tamang 2011
याइरसला दिमरी धोमाहेन्से येशूसे पत्रुस, याकूब, यूहन्नादेन थे माइला आबादेन आमादा बाहेक स्य्हान्दो खालैदान दिम न्हङरी खआपुङ्नी।