Luke 9:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पठाउनुभएका बाह्र जना प्रेरितहरू प्रचार गरेर फर्केपछि उनीहरूले आफूले गरेका सबै कुरा येशूलाई सुनाए। उहाँ तिनीहरूलाई लिई आफूहरू मात्र बेथसेदा सहरमा जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्‍ने सहरमा अलग्‍गै जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।
Nepali Tamang 2011
येशूसे परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लबारी पुइबा मुल चेलागदे दोःसी खसी थेनीगदेसे लबा जम्‍मान गे येशूदा पाङ्जी। जमाहेन्‍से येशूसे थेनीगदेदा जे भोर्सी बेथसेदा भिबा शहररी फेप्‍जी।