Luke 9:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।
Nepali Tamang 2011
तर चु ताम था याङ्सी म्‍हिला हुल येशू मुबा ग्‍लारी निजी। जमाहेन्‍से येशूसे थेनीगदेदा खपुङ्जी। ओच्‍छे म्‍हिगदेदा परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लबान आखम्‍बा म्‍हिगदेदा खम्‍ना लजी।