Luke 9:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम अस्ताउन लागेको बेलामा ती बाह्र जना आएर भने, “यहाँ त केही पनि छैन। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू वरपर गाउँमा गएर आफ्नो गाँस-बासको बन्दोबस्त आफैंले गरून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।”
Nepali ERV (पवित्र बाइबल)
साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”
Nepali Tamang 2011
धिनी घल्बारी छ्याइमाहेन्से च्युक न्ही चेलागदे येशू मुबा ग्लारी खसी येशूदा “म्हिगदेदा चुग्याम निपुङ्गो। तिग्दा भिसम चु ग्लारी तिगै आरे। थेतबासेलमा थेनीगदे क्यारमारला नाम्सारी निसी चबा थुङ्बादेन चिबा ग्ला ढिक्ना लगै” भिसी भिजी।