Luke 9:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशूले पाँच वटा रोटी र दुईटा माछा लिनुभयो र स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो अनि उहाँले रोटी र माछा टुक्रा-टुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले पाँचवटा रोटी र दुइवटा माछा लिए। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकूरा टुक्रा टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँडन प्रेरितहरूलाई आह्राउनु भयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे गोर ङा गेङदेन तार्ङा न्ही छ्यारी थोसी स्वर्गपट्टि स्हीसी परमेश्वरदा धन्यवाद पिन्जी। ओच्छे येशूसे गेङदेन तार्ङा क्युइसी म्हिगदेदा भो लसी पिन्गो भिसी चेलागदेदा कुल्जी।