Luke 9:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन् कसैले एलिया हो भन्‍छन् अनि कतिले चाहिँ उहिलेका कुनै अगमवक्ता मरेकाबाट बिउँतेका होलान् भन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना भन्‍छन्, कसैले एलिया, र अरूहरूले भन्‍छन्, पहिलेका कोही अगमवक्ताहरूमध्‍ये एक जना फेरि उठेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
Nepali Tamang 2011
थेनीगदेसे “ह्राङदा खालैसे बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍ना भिबा मुला, खालैसे एलिया, ओच्‍छे स्‍य्‍हान्‍दोगदेसे चा ओन्‍माला अगमवक्तागदे न्‍हङला गिक सिबाग्‍याम सोसी खजीम भिबा मुला” भिसी जोहाब पिन्‍जी।