Luke 9:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई येशूसँग बिदा हुन आँट्दा पत्रुसले भने, “गुरु, हामी पनि यहाँ भएको त राम्रो भएछ। यहाँ तीन वटा छाप्रो बनाऔं, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” तर उनलाई आफूले भनेका कुराको ख्‍यालै थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्‍दा पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामीलाई यहीँ बस्‍नु असल रहेछ। हामी तीन वटा वासस्‍थान बनाऔं— एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” आफूले बोलेका कुराको तिनलाई ख्‍यालै थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
Nepali ERV (पवित्र बाइबल)
जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।
Nepali Tamang 2011
ओच्‍छे थे म्‍हि न्‍ही येशू मुबाग्‍याम दोःसी निबारी छ्‌याइमा पत्रुससे “गुरु, य्‍हाङ चुरी मुबा ज्‍यबा तजीम। दाहेन्‍से ङन्‍से चुरी छाप्रो सोम स्‍होइ, गिक ह्राङला लागिरी, गिक मोशाला लागिरी ओच्‍छे गिक एलियाला लागिरी” भिसी भिजी। तर पत्रुसदा तिग ताम पाङ्तोःबा थे था आरेमुबा।