Luke 9:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो आवाज रोकिएपछि चेलाहरूले येशूलाई मात्रै देखे। त्‍यस बेला चेलाहरूले आफूले देखेका कुरा कसैलाई पनि बताएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो शब्‍द भएपछि येशू त्‍यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।
Nepali ERV (पवित्र बाइबल)
जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।
Nepali Tamang 2011
चु काइ थेःसी जिन्‍माहेन्‍से चेलागदेसे थेरी येशूदा जे म्राङ्जी। जमाहेन्‍से थेनीगदे कुटिसी चिजी। ओच्‍छे थेनीगदेसे म्राङ्बा चु ताम थे धुइरी खालैदा आपाङ्नी।