Luke 9:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूतले घरीघरी उसलाई छोप्छ र ऊ चिच्च्याउँदै मूर्च्छा पर्छ। मुखबाट फिँज काढ्दै लडीबडी गर्छ अनि चोट पटक नलगाएसम्म भूतले उसलाई छोड्दै छोड्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, एउटा दुष्टात्माले त्यसलाई पक्रन्छ, र त्यो अचानक चिच्च्याउँछ, र त्यसलाई ऐँठाउँछ र त्यसले फीँज काढ्न लाग्छ। त्यसलाई लछारपछार पारेर बल्लबल्ल छोड्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।
Nepali ERV (पवित्र बाइबल)
शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट आत्माले संधै कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।
Nepali Tamang 2011
थेदा म्हङसे घरिघरि चुङ्मुला, ओच्छे थे क्रिङ्सी सिबा तेबान तमुला। जमाहेन्से थेला सुङग्याम बोप्स्या तेःबा मुला, ओच्छे थे म्हङसे लछार पछार आलतेधोना थेदा आख्लामुला।