Luke 9:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “कस्‍ता विश्‍वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेल सहिरहने?” त्‍यसपछि येशूले केटाका बुबालाई भन्‍नुभयो, “तिम्रो छोरालाई लिएर आऊ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र हठी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्‍म सहुँ? तिम्रो छोरालाई यहाँ ल्‍याऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “अविश्वासी र भडकिएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसंग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “विश्‍वास आलबादेन नइबा सेम थोबा म्‍हिगदे, खाइमाधोना ङा एनीगदेदेन छ्‌याम तला? खाइमाधोना ङाइ एनीगदेदा नासे?” भिसी सुङ्जी। ओच्‍छे येशूसे थे म्‍हिदा “एला झादा चुरी भउ” भिसी सुङ्जी।