Luke 9:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूलाई भन्नुभयो, “मेरो नाउँमा यस्ता बालकलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुने पितालाई ग्रहण गर्छ। तिमीहरूमध्ये जो सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा ठूलो हुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भन्नुभयो, “जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ नगन्य छ, उही सब भन्दा महान हो।”
Nepali Tamang 2011
“च्यागो, जुन म्हिसे चुह्रङ्बा कोलादा ङाला मिनरी वास्ता लला, थेसे ङादाएनोन वास्ता लला, ङादा वास्ता लबासे ङादा पुइखबा ङाला आबादाएनोन वास्ता लला। ओच्छे एनीगदे न्हङरी जुन म्हि जम्मान भन्दा जजा मुला, थेनोन घ्रेन तला।”