Luke 9:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले भने, “गुरुज्‍यू, हामीले एक जना मानिसले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्‍यौं अनि हामीले उसलाई यसो गर्न दिएनौं किनभने ऊ हाम्रो समूहको मान्‍छे थिएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यूहन्‍नाले भने, “गुरुज्‍यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं, र हामीले त्‍यसलाई मनाही गर्‍यौं। किनकि त्‍यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”
Nepali Tamang 2011
जमाहेन्‍से यूहन्‍नासे, “गुरु, ङन्‍से ह्राङला मिनरी म्‍हि गिकसे म्‍हङ ताप्‍बा म्राङ्जी। तर ङन्‍से थेदा थेह्रङ् लआपुङ्नी, तिग्‍दा भिसम थे ङनी ह्रङ् ह्राङदेन छ्‌याम आभ्रमुला।”