Luke 9:58 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्‍यालहरूका लुक्‍ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्‍म पनि छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले त्‍यसलाई भन्‍नुभयो, “स्‍यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्‍ने ठाउँ पनि छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा “च्‍यागो, ल्‍हुन्‍दीगदे चिबारी ऊ मुला, ओच्‍छे चरागदे चिबारीनोन जङ मुला, तर परमेश्‍वरसे पुइखबा म्‍हिदा ब्‍लप्‍बा न्‍हबारीनोन ग्‍ला आरे” भिसी सुङ्जी।