Luke 9:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोमी महाराजाको अधीनमा गालील क्षेत्रमा राज्‍य गर्ने हेरोदले येशूले गर्नुभएका कामहरूको चर्चा सुने अनि उनी अलमल्‍ल परे किनभने कतिले “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्,” भन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्‍योलमा परे, किनकि यूहन्‍ना मृतकबाट जीवित भई उठेका छन्‌ भनेर कसै-कसैले भन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।
Nepali ERV (पवित्र बाइबल)
शासक हेरोदले यी सब घटनाहरू थाहा पाए । तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”
Nepali Tamang 2011
चु जम्‍मान गेला बारेरी थेःसी गालील अञ्‍चलरी शासन लबा हेरोद अलमल तजी। तिग्‍दा भिसम कोइ कोइ म्‍हिसे येशूदा “बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍ना सिबाग्‍याम सोसी खजीम” भिसी भिबा मुबा।