Malachi 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई मेरो वेदीमा व्‍यर्थको आगो बाल्‍न रोक्‍नलाई तिमीहरूमध्‍ये कसैले मन्‍दिरको ढोका बन्‍द गरिदिए त हुनेथियो। म तिमीहरूसित प्रसन्‍न छैनँ, तिमीहरूले ल्‍याएका भेटी म ग्रहण गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले व्‍यर्थमा मेरो वेदीमा आगोहरू नबाल्‍नलाई तिमीहरूमध्‍ये कसैले मन्‍दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ओह, तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू बन्द गरिदेओस्, ताकि तिमीहरूले मेरो वेदीमाथि व्यर्थको आगो बाल्नेथिएनौ! म तिमीहरूसँग प्रसन्‍न छैनँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि म तिमीहरूका हातबाट कुनै पनि भेटी ग्रहण गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकार गर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।