Malachi 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू भन्छौ, ‘हामीलाई यी सबै दिक्क लागिसक्यो’ र आफ्ना नाक खुम्च्याउँछौ। चोरेका वा लङ्गडा वा बिरामी पशु भेटी चढाउन ल्याउँछौ। के ती भेटीहरू म ग्रहण गर्छु भनी तिमीहरू ठान्दछौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिमीहरू यसो भन्दछौ, ‘यो त कस्तो दिक्क लाग्ने काम हो, अनि त्यसप्रति हेलासाथ नाक चेप्र्याउँछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जब तिमीहरूले चोट लागेका, खोरन्डा र बेथा लागेका पशुहरूलाई बलिको रूपमा चढ़ाउँछौ त, के तिमीहरूका हातबाट यस्ता भेटीहरू मैले ग्रहण गर्ने?” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरू भन्दछौ, ‘यो कस्तो दिक्क लाग्दो काम!’ अनि मलाई हेला गरेर तिमीहरूले नाक खुम्च्याउछौ,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “जब तिमीहरू चोट लागेका, लङ्गडा वा रोगी पशुहरू ल्याएर मलाई बलि चढाउँछौ, तब के मैले तिमीहरूका हातबाट यस्ता बलिहरूलाई ग्रहण गरूँ?” सेनाहरूका याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरू त्यो टेवलबाट भोजन लिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ यो राम्रो होइन। तर यो साँच्चो हैन। तब तिमीहरूले रोगी, खोरण्डा अनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।