Malachi 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के हामी सबैका बुबा एउटै होइनन्? के एउटै परमेश्‍वरले हामीलाई सिर्जनुभएको होइन र? त्‍यसो हो भने हामीले किन आपसमा गरेका प्रतिज्ञाहरू पूरा गर्दैनौं? किन हामी परमेश्‍वरले हाम्रा पुर्खाहरूसित बाँध्‍नुभएको करार तुच्‍छ ठान्‍दछौं?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई सृष्‍टि गर्नुभएको होइन र? त किन हामी एकले अर्काको विश्‍वास भङ्ग गरेर हाम्रा पिता-पुर्खाको करारलाई अपवित्र पार्छौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? किन हामी एक-आपसमा विश्‍वासघात गरेर हाम्रा पितापुर्खाको करारलाई भङ्ग गर्दछौँ?
Nepali ERV (पवित्र बाइबल)
हामी सबैको एउटै पिता हुहुन्छ। उनै परमेश्वकले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्छ? उनिहरूले करार को पालना नगरेको प्रकट गर्छन्। उनीहरूले त्यो करारलाई लागु गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।