Malachi 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरूले परमेश्‍वरसित गरेको प्रतिज्ञा तोडेका छन् अनि यरूशलेम र इस्राएल देशभरि घिनलाग्‍दो काम गरेका छन्। परमप्रभुले प्रेम गर्नुभएको मन्‍दिर तिनीहरूले अपवित्र पारेका छन्। पुरुषहरूले पराई देवताहरू पुज्‍ने स्‍त्रीहरूलाई बिहे गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले विश्‍वास भङ्ग गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्‍दो काम गरिएको छ। यहूदाले पराई देवताकी छोरीलाई विवाह गरेर परमप्रभुलाई मन पर्ने पवित्रस्‍थानलाई अपवित्र पारेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले विश्‍वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेम अनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्। यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।