Malachi 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले ती किन ग्रहण गर्नुहुन्न भनी तिमीहरू सोध्दछौ किनभने उहाँले जान्नुहुन्छ कि तैँले आफ्नो जवानीमा विवाह गरेको स्वास्नीलाई दिएको प्रतिज्ञा तोडेको छस्। ऊ तेरो जीवनसाथी हो तर तैँले ऊसित गरेको प्रतिज्ञा तोडेको छस्, यद्यपि तैँले परमेश्वरको अघि आफ्नो स्वास्नीसित विश्वासयोग्य रहने प्रतिज्ञा गरेको थिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू सोध्छौ, “किन?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनकी पत्नीको बीचमा साक्षीको काम गर्दैहुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यौ, यद्यपि तिनी तिम्री जीवन-साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्ध साक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसी थिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।