Malachi 2:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“स्वास्नी त्याग्ने कामलाई म घृणा गर्दछु,” इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, “जब तिमीहरूमध्ये कसैले यस्ता निर्दयी काम आफ्नी स्वास्नीप्रति गर्दछ, म त्यो घृणा गर्दछु। सचेत रहो कि तिमीहरूले आफ्ना स्वास्नीसित विश्वासयोग्य रहनेछौं भनी गरेको प्रतिज्ञा भङ्ग नहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ। “मानिसले आफैलाई आफ्नो वस्त्रलेझैँ अत्याचारले ढाक्ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। यसैले आफूलाई आत्मामा स्वयम् रक्षा गर, र विश्वास भङ्ग नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र विश्वासघात नगर।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु इस्रएलका परमेश्वर भन्नुहुन्छ, “म बिवाह बिच्छेद घृणा गर्छु। म पुरूषहरुको क्रुर कामहरू घृणा गर्छु। यसकारण अफ्नो आत्मीक एकताको रक्षा गर। आफ्नो पत्नीलाई धोका नदेऊ।