Malachi 2:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका सन्तानलाई दण्ड दिनेछु र तिमीहरूका मुख तिमीहरूले बलि चढाएको पशुको गोबरमा दलिदिनेछु र तिमीहरू गोबरको थुप्रोमा फालिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूको कारण म तिमीहरूका सन्ततिलाई हप्काउनेछु। म तिमीहरूका मुखमा तिमीहरूका चाड़हरूमा बलि चढ़ाइएका पशुहरूको मैला फिँजाइदिनेछु, र तिमीहरू पनि त्यसैसित लगिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएर आउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।