Malachi 3:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका अन्नबालीमा किरा लाग्न दिनेछैनँ र तिम्रा दाखबारीमा अङ्गुर भरिभराउ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका अन्नबाली नष्ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।