Malachi 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुको भय मान्ने मानिसहरू आपसमा बातचित गर्न लागे र परमप्रभुले ध्यानसित तिनीहरूका कुरा सुन्नुभयो। उहाँकै सामुन्ने उहाँको भय मान्ने र आदर गर्नेहरूका नाम एउटा पुस्तकमा लेखिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो। परमप्रभुको डर मान्नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको डर मान्नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।