Malachi 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघिका तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू मेरा व्यवस्थाबाट तर्की गएका छौ र ती मानेका छैनौ। तिमीहरू मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु। तर तिमीहरू ‘हामीले तपाईंकहाँ फर्कन के गर्नुपर्छ?’ भनी सोध्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुसरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’