Malachi 4:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू मेरा आज्ञापालन गर्नेहरूमाथि मेरो उद्धारको शक्ति सूर्य उदाएझैँ आउनेछ र त्‍यसले सूर्यको किरणजस्‍तै चङ्गाइ ल्‍याउनेछ। गोठबाट फुक्‍का छोडिएका बाछाहरूझैँ तिमीहरू खुसीले उफ्रनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्‍ना पखेटामा आरोग्‍यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्‍केका बाछाजस्‍तै तिमीहरूचाहिँ बाहिर निस्‍कनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूर्ति ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझैं तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ।