Mark 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए।
Nepali ERV (पवित्र बाइबल)
गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।
Nepali Tamang 2011
येशू गालील समुन्द्रला कुनीन कुनी फेप्बान लमा थेसे सिमोनदेन थेला आले अन्द्रियासदा तार्ङा साइबारी समुन्द्ररी घ्याङ क्लाङ्बान लबा म्राङ्जी। तिग्दा भिसम थेनीगदे तार्ङा साइबा म्हिगदे मुबा।