Mark 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍ना मानिसहरूलाई बप्‍तिस्‍मा दिंदै उजाड-स्थानमा देखा परे। उनले मानिसहरूलाई यसरी प्रचार गरे, “तिमीहरू पश्‍चाताप गरेर पाप छोड र बप्‍तिस्‍मा लेओ र परमेश्‍वरले तिमीहरूका पाप क्षमा गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए।
Nepali ERV (पवित्र बाइबल)
बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।
Nepali Tamang 2011
चु म्‍हि बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍ना हिन्‍ना। थेसे तोङतोङबा ग्‍लारीक्‍यार खसी म्‍हिगदेदा “दाहेन्‍से एनीगदे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःसी बप्‍तिस्‍मा किन्‍गो। परमेश्‍वरसे एनीगदेला पापला दोष मेटब लला।” भिबान थार्बा पिन्‍बा समाचार थेःना लजी।