Mark 1:45 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो मानिस गएर आफू शुद्ध भएको कुरा चारैतिर सुनायो। त्यसले गर्दा यतिसम्म भयो कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला पस्न सक्नुभएन। त्यसकारण येशू एकान्त ठाउँहरूमा बस्न जानुभयो। तर त्यहाँ पनि मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यो निस्केर गयो, अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो, र येशू फेरि सहरमा खुलस्त प्रवेश गर्न सक्नुभएन, र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो बाहिर गयो, र खुल्लमखुल्ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
Nepali Tamang 2011
तर थे म्हि निसी चु ताम जम्मान म्हिदा पाङ्जी। जमाहेन्से येशू दोःसी नाम्सारी ङाच्छाला ह्रङ् लसी फेप्बारी आखम्नी। थेतबासेलमा येशू सुनसान ग्लारी धन्छ्याजी। तर थेरीनोन जम्मान ग्लाग्यामसे म्हिगदे येशू मुबा ग्लारी खजी।