Mark 1:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले मानिसहरूलाई यसो भन्थे, “मपछि एक जना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ। म त निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ।
Nepali Tamang 2011
थेसे म्हिगदेदा चुह्रङ् भिसी पाङ्जी, “ङा भन्दा लिच्छा फेप्खबान लबा चा ङा भन्दान शक्तिशाली मुला। ङा कू तसी थेला लखमला तुना ब्लबाधोनाला आरे।