Mark 10:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्‍नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्‍ना केटा-केटीहरूलाई उहाँकहाँ ल्‍याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हकारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन्‌ भन्‍ने उद्देश्‍यले उहाँकहाँ ल्‍याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदेऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।
Nepali Tamang 2011
येशूसे ह्राङला छ्‌या कोलागदेथोरी थान्‍सी मोलम पिन्‍गै भिसी म्‍हिगदेसे ह्राङला कोलागदेदा येशू मुबा ग्‍लारी भजी। तर येशूला चेलागदेसे थे कोलागदे भबा म्‍हिगदेदा बङ्जी।