Mark 10:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नू, व्यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ।”
Nepali Tamang 2011
परमेश्वरसे कुल्बा ताम एदा थानोन मुला। म्हि थासाइगो, स्य्हान्दोदेन छ्याम ब्रेल्सी थाभ्रउ, य्हो थालउ, लुसीला ताम पाङ्सी थाभ्रउ, ठगब थालउ, ओच्छे ह्राङला आबा आमादा मान लउ।”