Mark 10:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्यसलाई हेर्नुभयो, र त्यसलाई माया गरेर भन्नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन् बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ। अनि आएर मेरो पछि लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई हेरेर प्रेम गरी भन्नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
Nepali Tamang 2011
येशूसे थेदा स्हीबान माया लसी चुह्रङ् भिसी सुङ्जी, “अझन एसे गे गिक लतोःबा मुला। दाहेन्से ए निसी एला जम्मान धन सम्पत्ति चूङ्सी प्राङबोगदेदा भो लसी पिन्गो। एसे स्वर्गरी धन सम्पत्ति याङ्ला, ओच्छे ङादेन छ्याम भ्रउ।”