Mark 10:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍ना येशूकहाँ आएर उहाँलाई भने, “गुरु, हाम्रो मनको इच्‍छा पूरा गरिदिनुहोस् भनेर हामी बिन्‍ती चढाउन आएका हौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब्‍दियाका दुई छोराहरू, याकूब र यूहन्‍ना उहाँकहाँ आएर भने, “गुरुज्‍यू, हामी तपाईंसँग जे माग्‍छौं तपाईंले हाम्रा निम्‍ति गरिदिनुहोस्‌ भन्‍ने हाम्रो इच्‍छा छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब जब्दीका छोराहरू, याकोब र यूहन्‍ना, उहाँकहाँ आएर भने, “हे गुरु, हामी तपाईंसँग जे माग्छौँ, त्यो तपाईंले हाम्रा निम्ति गर्नुभएको हामी चाहन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”
Nepali Tamang 2011
जमाहेन्‍से जब्‍दियाला झा याकूबदेन यूहन्‍ना येशू मुबा ग्‍लारी खसी, “गुरु, ङन्‍से ह्रीबा स्‍हे पूरा लसी पिन्‍गो भिबा ङन्‍ना सेम मुला” भिसी थेनीगदेसे बिन्‍ती लजी।