Mark 10:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “तिमीहरूले के माग्‍दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्‍छौ? मैले लिनुपर्ने बप्‍तिस्‍मा के तिमीहरूले पनि लिन सक्‍छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के माग्‍दछौ सो तिमीहरू जान्‍दैनौ। के जुन कचौरा म पिउँछु, त्‍यो तिमीहरू पिउन सक्‍छौ? अथवा जुन बप्‍तिस्‍मा मैले लिएको छु, त्‍यो बप्‍तिस्‍मा तिमीहरू लिन सक्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्‍टको बप्‍तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथ्वा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
Nepali Tamang 2011
“तिग ह्रीदोबा भिसी एनीगदेदा थानोन आरे। ङाइ नाबा दुख एनीगदेसे नाबारी खम्‍ला? ङाइ किन्‍बा बप्‍तिस्‍मा एनीगदेसे किन्‍खम्‍ला?” भिसी येशूसे थेनीगदेदा सुङ्जी।