Mark 10:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्‍य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्‍दछौ कि अन्‍यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्‍तियार चलाउँछन्‌। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले ती सबैलाई एकसाथ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्दछौ कि यस संसारले ठहराइएका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्। अनि तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँदछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्।
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा ह्राङ मुबा ग्‍लारी ङ्‌योइसी चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, एनीगदेदा चु ताम थानोन मुला, अर्गु य्‍हुलला शासन लबा म्‍हिगदेसे ह्राङला सेमसे म्‍हन्‍बा अन्‍छार म्‍हिगदेथोरी शासन लमुला। ओच्‍छे घ्रेन घ्रेन पदरी मुबा म्‍हिगदेसे ह्राङ भन्‍दा धिरी मुबा म्‍हिगदेथोरी शासन लमुला।