Mark 10:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू चेलाहरूसँग यरीहो सहरमा आइपुग्नुभयो। त्यो सहर छोडेर जाँदा धेरै मानिसहरू उहाँहरू सँगसँगै आए। बाटोको छेउमा तिमैको छोरो बारतिमै भन्ने एक जना अन्धो माग्ने बसिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसंग त्यो शहर छोडदै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमैं (तिमैको छोरो) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सँधै पैसा मगिरहन्थ्यो।
Nepali Tamang 2011
येशू ह्राङला चेलागदेदेन छ्याम यरीहो नाम्सारी धोखजी। थे नाम्सा ख्लासी निबा धुइरी ल्हानान म्हिला हुल थेनीगदेदेन छ्याम छ्याम खजी। ग्यामला कुनीरी तिमैला झा बारतिमै भिबा मी आम्राङ्बा म्हि गिक ह्रीसी चिबा मुबा।