Mark 10:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसलाई सोध्नुभयो, “तिम्रो लागि मैले के गरूँ?” “गुरु, मैले आँखा देख्न पाऊँ!” अन्धोले बिन्ती चढायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्यसलाई भन्नुभयो, “तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरूँ?” त्यस अन्धो मानिसले उहाँलाई भन्यो, “रब्बी, म दृष्टि पाऊँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्टि पाउन चाहन्छु!”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”
Nepali Tamang 2011
येशूसे थेदा “ङाइ एला लागिरी तिग लगै भिसी म्हन्बा मुला?” भिसी ङ्योइजी, थे मी आम्राङ्बा म्हिसे “गुरु, ङाला मी म्राङ्ना लसी पिन्गो” भिसी बिन्ती लजी।