Mark 11:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेम नजिकै जैतुन डाँडानेरको बेथफागे र बेथानिया भन्‍ने गाउँमा आइपुग्‍नुभयो। त्‍यहाँदेखि येशूले दुई जना चेलाहरूलाई यसो भन्‍दै पठाउनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्‍ने ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, तब येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई
Nepali ERV (पवित्र बाइबल)
येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो।
Nepali Tamang 2011
येशूदेन थेला चेलागदे यरूशलेम ङामला जैतून गङला बेथफागेदेन बेथानिया भिबा नाम्‍सारी धोखमा येशूसे ह्राङला चेलागदे न्‍हङला न्‍हीदा पुइजी।