Mark 11:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अलिक पर एउटा झ्याम्म परेको नेभाराको रूख देख्नुभयो। तर फल छ कि भनेर हेर्न जाँदा त त्यस रूखमा पात मात्रै पाउनुभयो किनभने नेभारा फल्ने बेलै भएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि टाढ़ामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन।
Nepali ERV (पवित्र बाइबल)
येशूले टाढामा एउटा अञ्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अञ्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अञ्जीरको फल फल्ने समय थिएन।
Nepali Tamang 2011
येशूसे जजाकी क्याथाङ अञ्जीरला दोङ गिक म्राङ्जी। थेरी अञ्जीर मुजी वा भिसी येशूसे स्हीबारी फेप्जी। तर थे दोङरी भानोन भा जे मुबा। तिग्दा भिसम थे धुइरी अञ्जीर रोबा धुइ तबा आरेबा।