Mark 11:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उहाँले मानिसहरूलाई शिक्षा दिंदै भन्नुभयो, “के धर्मशास्त्रमा यसरी लेखिएको छैन र— ‘मेरो घर सबै जातिका मानिसहरूको लागि प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सिकाउँदै भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”
Nepali ERV (पवित्र बाइबल)
तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रहरूमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”
Nepali Tamang 2011
ओच्छे येशूसे जम्मान म्हिगदेदा लोप्बान, “तिग परमेश्वरला बचनरी चुह्रङ् भिबा आरे? ‘ङाला दिमदा य्हुल य्हुलला म्हिगदेसे प्रार्थना लबा दिम भिसी भिला।’ तर एनीगदेसे मी ङाला दिमदा य्होगदे चिबा ग्ला स्होबा मुला” भिसी सुङ्जी।