Mark 11:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा मुख्य पूजाहारी र धर्म-गुरुहरूले सुने। तिनीहरूले येशूलाई मार्ने उपाय खोज्न थाले किनभने येशूको शिक्षा सुनेर सबै मानिसहरू छक्क पर्थे। त्यसैले तिनीहरू येशूदेखि डराएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले यो सुने, तब उहाँलाई मार्ने उपाय खोज्न थाले। किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्क परेका हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
Nepali ERV (पवित्र बाइबल)
मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसंग डराएका थिए।
Nepali Tamang 2011
चु ताम परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी धर्मगुरुगदेसे थेःसी येशूदा खाह्रङ् लसी साइबा भिसी दाउ च्यासी भ्रबारी छ्याइजी। तिग्दा भिसम येशूसे लोप्बा तामरी जम्मान म्हिगदे उदेक म्हन्मुबा। थेतबासेलमा थेनीगदे येशूदेन छ्याम लोङ्मुबा।