Mark 11:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले कहिल्‍यै पनि कोही नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो भन्दै पठाउनुभयो, “तिमीहरूका पल्‍लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
Nepali ERV (पवित्र बाइबल)
यशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई सांग्लोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ।
Nepali Tamang 2011
पुइबा धुइरी चुह्रङ् भिसी सुङ्जी, “एनी जजाकी क्‍याथाङला नाम्‍सारी निउ। नाम्‍सारी धोमैछ्‌याम एनीसे दान्‍देधोना खालै आक्रेःबा गधाला कोला गिक स्‍याप्‍ला। थेदा ब्‍लसी चुरी भसी खउ।